जिल्ला सहकारी संघ बाँकेको रणनीतिक लक्ष्य
- सदस्य सहकारी संघ÷संस्थाको क्षमता अभिवृद्दि गर्न तालीमको व्यवस्था गर्ने ।
- आन्तरिक व्यवस्थापनलाई पारदर्शि र प्रभावकारी वनाउन आवश्यक नीति नियम वनाई लागु गर्ने ।
- प्रवद्र्धनात्मक र सेवामुलक कार्यहरुको माध्यमवाट सदस्य संख्यामा वृद्धि गर्ने ।
- संघ रहेको जग्गा जमीनलाई आफ्नो स्वामीत्वमा ल्याउने ।
- संघको दिगोपनको लागि आयमुलक कार्य सञ्चालन गर्ने ।
- निर्यातमुखी उत्पादन बढाउन सदस्य, सहकारी संघ÷संस्थाहरुलाई सहयोग गर्ने ।
1. सदस्य सहकारी संघ÷संस्थाको क्षमता अभिवृद्दि गर्न तालीमको व्यवस्था गर्ने
- संस्थाका १०० वटा संस्थालाई लेखा राख्न सहजीकरण गर्ने ।
- सहकारी व्यवस्थापन, लेखा नेतृत्व विकास तालीम २०० जनालाई दिने ।
- व्यवसायमुलक तालीम ५० जना लाई दिने ।
- सहकारी प्रशिक्षक प्रशिक्षण ३० जना लाई दिने ।
- २०७५ भित्र संघको वेभसाइट निर्माण गरी सुचना प्रवाह गर्ने ।
- कम्तीमा २५०० जना लाई सहकारी शिक्षा प्रवाह गरी चेतना विस्तार गर्ने ।
2. आन्तरिक व्यवस्थापनलाई पारदर्शि र प्रभावकारी वनाउन आवश्यक नीति नियम वनाइ लागु गर्ने
- २०७५ सम्म आ.प्र तथा कर्मचारी प्रशासन नियमावली र आचार संहिता वनाइ लागु गर्ने ।
- सञ्चालक तथा लेखा समिति तथा कर्मचारीमा जवाफदेहिताको भावना विकास गरी वाषर््िाक १२ पटक वैठक गरी रिपोटिङ्ग गर्ने ।
- कर्मचारीमा नयाँ प्रविधिको शिप विकासका लागि २ हप्ताको तालीम प्रदान गर्ने ।
3. प्रवद्र्धनात्मक र सेवामुलक कार्यहरुको माध्यमवाट सदस्य संख्यामा वृद्धि गर्ने
- प्रदेश तथा कृषि सामाग्री कम्पनीसंग नितीगत सहकार्य गरी आवद्धतालाई वढावा दिने ।
- संस्थाको सभा सम्मेलन मार्फत २५० वटा सहकारीलाई चेतना दिने ।
- आवद्धता सम्वन्धी वार्षिक २ वटा अभिमुखीकरण गरी ५० जनालाई लाभान्वित गराउने ।
- जिल्ला सहकारी समन्वय सञ्जाल गठन गरी समसामयिक मुद्धाहरु समाधान गर्न पहल गर्ने ।
- स्थानिय सरकारसँग समन्वय गरेर अगाडी बढने ।
4. संघ रहेको जग्गा जमीनलाई आफ्नो स्वामीत्वमा ल्याउने
- सम्वन्धित निकायहरुमा संघको हाल चर्चेको जमीन स्वामीत्वमा ल्याउन पहल गरिरहेको ।
- १ वर्ष भित्र सहकारी तरकारी बजार स्थापना गर्न प्रदेश सरकार सँग समन्वय गर्ने ।
5. संघको दिगोपनको लागि आयमुलक कार्य सञ्चालन गर्ने
- विभिन्न प्रकारका तालीम वाट वार्षिक रु २ लाख आम्दानी गर्ने ।
- मल तथा बिउविजन विक्रि गरी वार्षिक रु ५ लाख आम्दानी गर्ने ।
- राप्ती पारी क्षेत्रमा साप्ताहिक÷मासिक रुपमा हाट वजार स्थापना गरी कृषि उपज बजारीकरणमा सहयोग गर्ने ।
- वार्षिक १ पटक सहकारी मार्फत कृषि तथा गैर कृषि उपज प्रदर्शनी आयोजना गर्ने ।
6. निर्यातमुखी उत्पादन वढाउन सदस्य सहकारी संघ/संस्थाहरु लाई सहयोग गर्ने
- ५ वर्ष भित्र ५ वटा उच्च मुल्यका वस्तुहरुको उत्पादनमा सहजीकरण गरी निर्यातका लागि सहजीकरण गर्ने ।
- प‘ँुजीगत अनुदानको उपयोग गराई २ वटा उच्च मुल्यका वस्तुहरुको प्रशोधन गर्न पहल गर्ने ।
- सहकारी यातायात, सहकारी राइसमिल, सहकारी साकाहारी भोजनालय, सहकारी मिनिमार्ट निमार्णका लागी सहकारी संस्थाहरु, स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारसँग समन्वय गर्ने ।
- ३५०० मेट्रिक टन धान, १५०० मेट्रिक टन गहुँको बिउ तथा ८५०० लिटर दुध सहकारीको माध्यमबाट बिक्री गर्ने ।
- जिल्लामै उत्पादित खुवा, छुर्पी, पुष्टकारी, अचार, बेसार, चाउमिन, सस, खसी बाख्रा खरिद बिक्री को लागी वातावरण सृजना गर्ने ।
7. सदस्य सहकारी संघ/संस्थाहरुको नियमित अनुगमनका कार्य गर्ने
- २०७५ सम्म जिल्लाभरीका संघ संस्थाको तथ्याड्ढ संकलन गर्ने ।
- अनुगमन उपसमिति गठन गरी मासिक १० वटा संस्थाको अनुगमन गर्ने ।
- सवै संघ संस्थाको वित्तिय विवरणको प्रतिवेदन अभिलेखन गर्ने ।
- वातावरणीय प्रदुषण न्युनिकरणका लागि कपडा कागज तथा जुटको व्याग उत्पादन गर्न सहयोग गर्ने ।